सफा शहरमा थुप्रियो फोहोर (भिडियोसहित)
लामेआहालका स्थानीय भन्छन् –महानगरले मागेको समय सकियाे
पाेखरा | साउन १२, २०८०
पोखरा: पोखरा महानगरपालिकाले अस्थायी ल्याल्डफिल्ड साइडको रुपमा प्रयोग गर्दै आएको पोखरा ३३ लामेआहालमा फोहोर फाल्न स्थानीयले रोक लगाएका छन् ।
पोखरा महानगरपालिका ३३ का स्थानीयहरुले ३ दिन अगाडि नै सांकेतिक रुपमा अस्थायी ल्याण्डफिल्ड साइड लामेआहालमा फोहोर फाल्न रोक लगाएका उनीहरुले हिजोदेखि पूर्णरुपमा रोक लगाएका हुन् ।
यससँगै सफा र सुग्घर मानिने पोखरा शहरका मुख्य चोकचोकमा फोहोरका डंगुर थुप्रिन थालेका छन् । लामेआहालको बासिन्दाले फोहारे लान रोक लगाएपछि पोखरा शहरको मुख्य चोकहरु कहिलेसम्म डम्पिङ साइट बन्छ भन्ने टुंगो छैन ।
पोखरा महानगरपालिका मेयर धनराज आचार्यको नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन पोखरा ३३ लामेआहालमा ६ महिनाका लागि अस्थायी ल्याण्डफिल साइडका रुपमा प्रयोग सम्झौता गरेका थिए । अहिले उक्त सम्झौता समयावधि सकिएको छ ।
‘महानगरपालिकाले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न ६ महिनाका लागि भन्दै लामेआहालमा अस्थायी ल्याण्डफिल साइड बनाएको हो’, स्थानीय पौडेलले सुनगाभा न्यूजसँग भने, ‘महानगरले ६ महिनाका लागि भनेको समय सकिएको छ । महानगरले सम्झौता गरेको विषयहरु कार्यान्वयन नभएपछि पूर्णरुपमा फोहोर फाल्न रोक लगाएका हौं ।’

महानगरपालिकाले गरेको ६ महिनाको सम्झौता सकिएको र सहमतिका काम पनि नगरेको बताउदै पौडेलले भने, ‘अस्थायी रुपमा सञ्चालनमा रहेको ल्याण्डफिल्ड साइटले दुर्गन्ध फैलाएको छ । मेयरसाबले आफै त्यो स्थानको अवलोकन गर्नुभएको छ । उहाँले बोलेको कुराहरु नै पूरा गर्नुहुन्न भने हामी दुर्गन्धमा बस्न सक्दैनौं ।’
महानगरले बनाएको अस्थायी ल्याण्डफिल साइटकै कारण बस्ती जोखिममा परेको उनको गुनासो छ ।
‘जहाँ अहिले महानगरले अस्थायी ल्याण्डफिल्ड साइट बनाएको छ, त्यहाँ पहिरो बढ्दै जाँदा बस्ती नै खतरामा पर्ने डर छ’, उनले भने, ‘फोहोर फाल्नु अगाडि ग्याबिन जाली लगाउने, दैनिक रुपमा फोहोर फालेर पुर्ने सर्त महानगरको थियो, आज त्यो सर्त पूरा भएन अनि हामी दुर्गन्ध नै सहेर कति बस्ने ?’ उनको प्रश्न छ ।

यता पोखरा महानगरपालिकाका सरसफाई शाखा प्रमुख कल्पना बरालले हिजो (बिहीबार)देखि पोखराको फोहोर उठ्न नसकेको बताईन् ।
‘स्थानीयहरुले विभिन्न मागहरु राखेर फोहोरको गाडी ल्याण्डफिल साइडमा जान दिनुभएको छैन’, बरालले भनिन्, ‘स्थानीयहरुको माग पूरा भए केही दिनमा फोहोर उठ्ला ।’
अस्थायी ल्याण्डफिल्ड साइटकबाट निस्कने दुर्गन्धका कारण स्थानीयमा महामारीका रोग फैलिन सक्ने र अन्यत्र विकल्प खोज्नुपर्ने बताउदै स्थानीयहरुले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ६ बुँदे माग बुझाएको थियो । साथै सोही समयमा सम्झौता कार्यान्वयन गर्नसमेत माग गरेको थियो ।
तर हप्ता दिन बितिसक्दासमेत महानगर मौन भएकै कारण उक्त कदम चाल्नुपरेको पौडेलले सुनाए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

